सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहको यो दोस्रो कार्यकाल हो ।
५३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा जम्मा ४५ जना मात्रै उपस्थित रहेका थिए । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसको १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुईतिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
सभामुख भीम बहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३६ जना र ‘हुन्न’ भन्ने पक्षमा ८ जनाले मत दिएको घोषणा गरे । १ जना प्रदेश सभा सदस्य तटस्थमा मतदान गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।