logo-img

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, भिड नियन्त्रणमा लिन प्रहरीले हान्याे अश्रुग्यास

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हाे । 

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरमा ट्रकले ठक्कर दिएकाे हाे । दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको थियाे ।

महिलाको सनाखत भइनसकेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए । दुर्घटनापछि आक्रोशित भिडले विरोध प्रदर्शन गरिरहेकाे छ ।

भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ । स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।





  • प्रकाशित मिति : साउन ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया