logo-img

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने व्यक्ति महिला नभएर पुरुष भएको प्रहरीको भनाइ

बिहीबार भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु हुने व्यक्ति महिला नभएर पुरुष भएको पुष्टि भएको छ । 

गठ्ठाघरमा ट्राफिक चेकजाँचका क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा मृतक महिला भएको बताइएको थियो । 

तर, मृतक महिला नभएर पुरुष भएको पुष्टि भएको भक्तपुर प्रहरीले जनाएको छ । घटनास्थलमा उत्तम कोइरालाको नामको लाइसेन्स भेटिएको र उनको परिवारसँग सम्पर्कको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनी ओखलढुंगाका ४५ वर्षीय पुरुष रहेको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया