logo-img

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडानम्बर-९ धापस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

मयुरधापबाट हेटाैंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अवस्था ठक्कर दिएको हो ।

उनलाई घाइते भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया