logo-img

जाजरकोटमा पहिरोले टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
फाइल तस्बिर

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आइतबार गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।    

पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र दुई वर्षका छोराको मृत्यु भएको प्रजिअ अधिकारीले जानकार िदिए । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।

ठाउँठाउँमा गएको पहिरोका कारण विद्युत् र सडकसमेत अवरुद्ध भएको वडाध्यक्ष खत्रीले बताए । 





  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया