logo-img

निधिका ‘नौ–सूत्र’ : बन्न सक्ला कांग्रेसको मूल मन्त्र ? (भिडियोसहित)
गुट–उपगुटमा रमाएको कांग्रेसभित्र विचारको बहस शिला खोज्नुसरह

यहाँ कुरा कांग्रेसको छ । देशको सबैभन्दा लामो इतिहास र योगदान भएको पार्टी । मुलुकका हरेक परिवर्तनको सम्बाहक दल । राणा र राजाको दासत्वबाट नेपाललाई मुक्त गर्ने मात्र होइन, द्वन्द्व व्यवस्थापनदेखि गणतन्त्रात्मक संविधानलेखनसम्मको अगुवाइ गरेको कांग्रेसभित्र विचारको बहस भने ज्यादै कम सुनिन्छ । 

नेपालका अन्य राजनीतिक दलमा जस्तै नेपाली बिपी कोइरालाको विचारको कुरा गरेर नथाक्ने कांग्रेसमा अहिले विचारको खडेरी देखिएको छ । कांग्रेसीहरू नै स्विकार्छन्– विचार त हामीले उहिल्यै पोलेर खाइसक्यौँ ।’ 

त्यसो भए कांग्रेसभित्र कांग्रेसीहरू के गर्छन् त ? कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग आइतबार साँझ फरकधारले गरेको कुराकानीको सुरुवात नै कांग्रेसभित्र विचार कता हरायो ? भन्ने प्रश्नबाट भयो । 

कांग्रेसभित्र विचारको राजनीतिको कुरा गर्ने गिनेचुनेका नेतामध्येका एक निधिले पनि स्विकार गरे– कांग्रेसभित्र विचारको बहस कम, तर गुट–उपगुटको फोहोर राजनीति ज्यादा  भएको छ ।’  

प्रतिस्पर्धाको नाममा गुट–उपगुटको झिंगे दाउका कथा कांग्रेसका लागि नयाँ होइनन् । विचारका आधारमा कांग्रेसभित्र एकता खोज्नु भनेको शिला खोज्नुजस्तै हो । गुट हावी हुने, विचार शून्य हुने राजनीतिक दल कस्तो होला ? त्यो राजनीतिक दलले हाँकेको सत्ता कस्तो होला ? प्रश्न विचारणीय छ । त्यसो भए कांग्रेसले गुट–उपगुट र एक–अर्कालाई छिर्के हालेर अघि बढ्ने राजनीतिबाट कसरी मुक्ति पाउला ? 

यो जिज्ञासामा निधिले कांग्रेसभित्र विचारको बाढी आउने नौवटा सूत्र अघि सारेका छन् । निधिले भने, ‘यही नौ सूत्रलाई मूलमन्त्र बनाउने हो भने कांग्रेसभित्र विचारको खडेरी समाप्त हुन्छ । अनि बल्ल मुलुकले केही पाउँछ ।’ 



राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र शान्तिलाई उनले नौ सूत्र बताए । निधिले संख्या मात्र तोकेनन्, यसको व्याख्या पनि गरे । 

(विस्तृत भिडियोमा)  



  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया