logo-img

अरुणिमा लम्सालले कांग्रेस नेता श्रेष्ठसँग गाँसिन् लगनगाँठाे

अभिनेत्री अरुणिमा लम्सालले नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरूले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका हुन् ।

श्रेष्ठ नेपाली कांग्रेस सुनसरीस्थित बराहक्षेत्र नगरसमितिका उपसभापति हुन्। बराहक्षेत्र, चतरा घर भएका उनी व्यवसायीसमेत हुन्। यी दुईबीच
६ महिनादेखि प्रेम सम्बन्ध रहेकाे थियाे । 

उनीहरूले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । सोमबार धार्मिक विधिअनुसार उनीहरुले विवाह गरेका हुन्।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो। पहिलाे पतिबाट उनकी एक छाेरी छिन् । 





  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया