logo-img

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के-के छन् एजेन्डा ?
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ ।   

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।  

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनलगायत एजेन्डा रहेका छन् । 

यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया