logo-img

गाजाबाट ६ जना बन्धकको शव बरामद
फाइल तस्बिर

इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ ।

बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मंगलबार बिहान  मृत घोषणा गरिएको थियो ।  

गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ ।  

फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ । यसै क्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाब दिएको छ ।  



इजिप्ट, कतार अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

मंगलबार बरामद गरिएका छ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए जुन आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो । प्यालेस्टिनी इलमिक कट्टरपन्थी समूहले मुन्दर, उनकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए ।



परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिएभने उनका छोरा आक्रमणकै दिन मारिएका थिए । इजरायली आधिकारिक तथ्याङ्क अनुसार हमासको आक्रमणमा अधिकांस नागरिकसहित  इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो । 

त्यसैक्रममा बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक अवस्थामा रहेको र ती मध्येका ३४  जनाको मृत्यु भएको सेनाले जनाएको छ । इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  



संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा  बालबालिका रहेको जनाएको छ ।   

  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया