logo-img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो । कूल ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७, जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद छन् । 

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस, एमाले लगायतका दलले ह्विप नै जारी गरेका थिए । जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाले पनि उनलाई विश्वासको मत दिएका छन् ।

एमाले नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट दुईतिहाई बहुमत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया