नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउने विषयमा आवश्यक परामर्श थालेका छन् ।
टिकटकमाथि प्रतिबन्ध लागेको ९ महिनापछि खोल्ने पहल अगाडि बढाइएको छ । छिट्टै प्रतिबन्ध हट्ने आशा गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालमा टिकटक बन्द हुँदा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले ठूलो घाटा बेहाेरेका छन् । उनीहरूले ३ अर्बभन्दा बढीको नोक्सान भएको दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।