logo-img

बंगलादेशबाट यूएई सर्‍यो महिला टी-२० विश्वकप

आइसिसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ यूएईमा हुने भएको छ ।

यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म यूएईको दुबई र शारजाहमा हुने जनाइएको छ ।

आइसिसीले प्रतियोगिताको आयोजनास्थल मात्र बंगलादेशबाट यूएईमा सरेको भन्दै आयोजक बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।



यस विश्वकपमा आयोजक बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलङ्का रहेका छन् । 
 





  • प्रकाशित मिति : भदौ ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया