स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई ठूला दलले त्रिभुवन विश्वविद्यालयलाई कब्जा गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुईवटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु, दुईवटा दलले आधा–आधा सम्पति बाडौँ र पार्टी अफिस बनाऔँ । आधा कांग्रेसलाई बाडौँ, आधा एमालेलाई । किनकि विद्यार्थी सबैलाई विदेश लखेटेकै हो, यसै मौकामा दुई दलको सरकार छ, जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ, त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’
साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुद्दामा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।