logo-img

भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद अग्रहरीको प्रमुख अभिनय रहेको छ । ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्माता तथा नायिका पूजा शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरुसामु लिएर आएका थियौँ । अहिले त्योभन्दा फरक लिएर आएका छौँ । फिल्म राम्रो बनेको छ । र यसले फिल्मले सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र भदौ २१ गते बाट देशभर प्रदर्शन हुनेछ । 



v



  • प्रकाशित मिति : भदौ ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया