सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
यसअघि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ०८० कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
प्रचण्डले सबै दलकाे सहमतिमा टिकटकमाथि प्रतिबन्ध लगाइएको दाबी गरेका थिए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला प्रतिपक्षी दलका नेता थिए ।
तत्कालीन प्रतिपक्षी दल एमाले र सत्तासाझेदार कांग्रेसकाे समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाएका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।