logo-img

भोगाधिकार विवाद समाधान नहुँदा १५ शय्याको अस्पताल भवन अलपत्र

जमिनको भोगाधिकार विवाद समाधान नहुँदा कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन अलपत्र परेको छ ।

घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा विश्वस्त रहेको बताए । 

जमिनको स्वामित्व निर्क्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मङ्सिर २०७७ मा देशभरका ३९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए । सोहीअनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नं. २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो । 

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले ९ करोड ८६ लाख ५ हजार ५७० रुपैयाँमा दुई वर्षभित्र भवन निर्माण गर्न २९ वैशाख २०७८ मा सम्झौता गरेको थियो ।

अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ । रासस





  • प्रकाशित मिति : भदौ ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया