नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकेको छ ।
बिहीबार छापावाल सुन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८३० मा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।