पछिल्लो समय नेपालीहरूको बाक्लो उपस्थिति हुँदै गइरहेको माल्दिभ्सको राजधानी मालेमा चेलिबेटीहरूको ठूलो पर्व तीजको उपलक्ष्यमा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ ।
बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए ।
नेपालबाट कमल विसी ‘माल्दाई’ र विन्दु परियारको विशेष उपस्थिति रहने छ । त्यस्तै ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा, कल्पना प्रधानलगायत कलाकारहरू कार्यक्रममा सहमागी रहने आयोजक समितिका अर्का सदस्य निश्चल पाण्डेले जानकारी दिए ।
६ सेप्टेम्बरमा मालेको अहमदिया इन्टरनेशनल स्कुलमा दिउँसो ३ बजे आयोजना हुने यस कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।