के नेपाली राजनीतिको विडम्बना निर्वाचन प्रणालीसँग पनि जोडिएको छ ? त्यही निर्वाचन प्रणालीकै कारण बारम्बार गठबन्धन सरकार बनाउन दलहरू बाध्य भएका हुन ? आम रूपमा गठबन्धन संस्कृर्तिलाई मिलिभगतको राजनीति भनेर पनि आलोचना गरिन्छ । तर कांग्रेस नेता विमलेन्द्र निधिको विमति अहिलेको निर्वाचन प्रणालीमै छ ।
फरकधारका लागि सन्तोष आचार्यले गत साता नेता निधिसँग कुराकानी गरेका थिए । त्यस क्रममा नेता निधि अहिलेको निर्वाचन प्रणालीलाई सुधार नगर्ने हो भने बहुमतको सरकार बनाउन कुनै पनि दलका लागि सम्भव नहुने बताउँछन् ।
अहिले पहिला स्थानीय, प्रदेश र त्यसपछि प्रतिनिधिसभाको निर्वाचन हुने व्यवस्थाले नै राजनीतिक अस्थिरता ल्याएको तर्क निधिको छ ।
उनका अनुसार, कुनै दलले बहुमत ल्याउन नसक्नुमा स्थानीय तहको चुनाव पहिला हुनु हो । राजनीतिक स्थिरताका लागि पनि संविधान संशोधन गरेर अहिले भइरहेको निर्वाचन प्रणालीलाई उल्ट्याउनुपर्ने उनको तर्क छ । भन्छन्,‘अबको निर्वाचन पहिले प्रतिनिधिसभा,त्यसपछि प्रदेश र अन्तिममा स्थानीय तहको हुनुपर्छ ।’
विस्तृतमा हेर्नुहोस् भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।