logo-img

काभ्रेको खानीखोलामा ३२३ परिवारलाई घरघरमा धारा

काभ्रेको खानीखोला गाउँपालिकाको ३ सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक घर, एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ । 

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो । गाउँपालिका–३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिए ।

उनका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । 

गाउँपालिकाले  ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा योजनामार्फत पुर्याइएको बताए । 



‘बाँकी परिवारमा क्रमशः योजनामार्फत नै खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ’, थिङले भने । वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको १ करोड २५ लाख आठ हजार, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी कुल १ करोड ७६ लाख ८३ हजार ५ सय रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । उक्त खानेपानी आयोजना २०७९ मा सुरु गरिएको थियो । 

यस्तै, खानिखोला–५ गैरीखोला तालढुङ्गामा ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गतनै एक सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख निर्माण सम्पन्न भएको हो ।  



उक्त खानेपानी आयोजनाको १ साउन २०८० मा सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिए । रासस 



  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया