logo-img

संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ : एनपी सावद

सांसद नारायण प्रकाश साउदले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साउदले भने, 'हामीले २०७२ सालमा संविधान ल्याइसकेपछि पटक-पटक सरकार परिवर्तन भएका छन्, स्थिरताभन्दा पनि अस्थिरता छाएको छ, यो शृंखला प्रदेशमा पनि देखिएको छ ।' 

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने बताउँदै उनले संशोधनका लागि विभिन्न पार्टी र पार्टिभित्रका दलहरुबीच, सरकार र प्रतिपक्षबीचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने बताए । सांसद साउदले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांगता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गनुपर्ने बताए । 

लोकतन्त्र, समावेशीता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउदले  संविधान संशोधनको सवालमा सबै दलहरु प्रतिबद्ध हुनुपर्ने बताए । संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दलपनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 







  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया