नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि ५ भदौमा सुन तोलामा १ लाख ५३ हजारमा कारोबार भएको थियो । आज मंगलबारको तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८५५ रुपैयाँ तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।