२०८० सालको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानले जितेको छ ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन् ।
उनको उपल्लो थलो (सन् २०२०), लेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन् । त्यस्तै, उनले निर्माण गरेको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले ख्याति कमाएको थियो ।
मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल-अंग्रेज युद्धसँग सम्बन्धित छ । जगदम्बा–श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।