logo-img

त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेवा सुरु

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको  छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु दश प्रतिशतको धेरै ठूलो संख्या रहेको अवस्थामा शिक्षण अस्पतालमा आइभीएफ सेन्टर सञ्चालनमा आउनु एकदमै राम्रो कुरा भएको बताए ।

उनले नेपालको स्वास्थ्य उपचारको अवस्था आजसम्म आइपुग्दा पनि प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने दुवै पक्षबाट पूर्ण नभएको गुनासो गरे ।

उनले भने,‘शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको सुरुवात हुँदैछ । यो समाजका लागि आवश्यकता थियो । खासगरी नेपालमा बाँझोपन भएका जोडीहरुमा दश प्रतिशत छन् भन्ने गरिन्छ । त्यो धेरै ठूलो संख्या हो । बुढेसकालमा पाउने सहारा, परम्परागत धार्मिक विषयपनि यसमा जोडिएको छ । त्यसैले मेडिकल विज्ञानमा प्रयोगमा ल्याउनुपर्ने,सहजीकरण गर्नुपर्ने विषय अस्पताले शुभारम्भ गरेको छ । म आभार प्रकट गर्न चाहन्छु । यहाँसम्म आइपुग्दा पनि नेपालको स्वास्थ्य क्षेत्र पूर्ण छैन् । एउटा पूर्णताको निम्ति प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सन्दर्भबाट पनि पूर्णता छैन् । र सेवा सुविधा प्राप्त गर्ने पक्षबाट पनि यो पूर्ण छैन् ।’



उनले राज्यले स्वास्थ्य सुविधालाई प्रभावकारी ढंगबाट उपलब्ध गराउने स्थिति निर्माण गर्न बिमाको व्यवस्थालाई पुनविचार गर्न जरूरी रहेको धारणा राखे ।






  • प्रकाशित मिति : भदौ १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया