logo-img

एन्फा महिला लिग आजदेखि, पहिलो खेलमा कोशी र वालिङ भिड्दै
सातदोबाटोस्थित एन्फा मैदान

एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगमा कुल १० टोलीको सहभागिता छ । 

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जा प्रतिस्पर्धा गर्ने छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको  छ । 

महिला लिगमा एपिएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी, सुदूरपश्चिम, कर्णाली, संकटा एफसी र बागमती युथ क्लब रहेका छन् ।

महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।  



महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।  





  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया