logo-img

कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत पारित भयाे महासमिति बैठकका तीनवटै प्रस्ताव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठकले नेकपा (एमाले)सँग भएको नयाँ सत्ता समीकरणको सातबुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको निर्णय गरेको छ। बैठकले संविधानका सबल र दुर्बल पक्षलाई हेर्दै संविधान संशोधन गरेर संविधान कार्यान्वयनलाई प्रभावकारी ढंगले अगाढि बढाउने निर्णय पनि गरेको छ । 

महासमिति बैठकमा पेस भएका तीनवटा प्रस्तावलाई पनि केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत पारित गरेको छ। महासमितिको बैठकमा प्राप्त सुझाबका आधारमा आवश्यक परिमार्जनपछि आइतबार तीनवटै प्रस्ताव सर्वसम्मत रुपमा पारित भएका हुन्। 

उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा प्राप्त भएका सुझाबका आधारमा परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो। महासमिति बैठक गरेको ६ महिनापछि ती प्रस्ताव पारित भएका हुन् । 

केन्द्रीय समितिले महाधिवेशनको मितिसहितको विषयलाई अगाडि बढाउने, एक्जिट पोलिसीसहितका विषयमा आवश्यक संशाेधनका लागि विधान मस्यौदा समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। 

कांग्रेसको बैठकले सदस्यता वितरणलाई प्रभावकारी बनाउने, विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाको अधिवेशन गर्न निर्देशन समिति गठनसहितको निर्णय पनि गरेको छ। 





  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया