काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले लेखेकाे फेसबुक स्टाटस हट्नुकाे दाेष सरकारलाई लगाएका छन् ।
केही दिनअघि शाहले फेसबुकमा लेखेको स्टाटस आफैँ हटेको थियो । उक्त स्टाटसमा उनले एमालेकी बागमती प्रदेश सभा सदस्य एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका थिए ।
धेरैजनाले रिपाेर्ट गरेपछि उक्त पाेस्ट हटेकाे भन्दै बालेनले मंगलबार सामाजिक सञ्जालमा अर्काे स्टाटस लेखेर कि आफूलाई दोषी प्रमाणित गर्न, नभए वास्तविक दाेषी समाउन चेतावनी दिएका हुन् ।
उनले भनेका छन्,’ पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।‘
सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।