पेरिस पारा ओलम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् ।
ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।
पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो ।
पलेशालाई विमानस्थलमा भव्य स्वागत :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।