logo-img

बालोन डी’ओरको मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो सूचीमै अटाएनन्

विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओर २०२४ को मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरिएको छ । यसपटक ३० खेलाडी मनोनयन सूचीमा परेका छन् ।  

विश्व फुटबलका स्टार​ लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भने यसपटक मनोनयनमा पर्न सकेनन् । सन् २००३ यता पहिलोपटक ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेका हुन् । 

गत वर्षको बालोन डी’ओर विजेता मेस्सीले आठपटक यो अवार्ड जितिसकेका छन् । यस्तै, रोनाल्डो पाँच पटकका बालोन डी’ओर अवार्ड विजेता हुन् ।

बीबीसीका अनुसार ३० जनाको प्रारम्भिक सूचीमा सबैभन्दा बढी इंग्ल्यान्डका ६ खेलाडी परेका छन् । कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिंघम, फिल फोडन, डेक्लन राइस, बुकायो शाका र कोल पाल्मर प्रतिष्ठित पुरस्कारको दौडमा छन् । 



स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यामलसमेत बालोन डी’ओरको सूचीमा परेका छन् । यस्तै, म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन् ।

फिफाको विश्व वरियतामा शीर्ष १०० देशका पत्रकारको निर्णायक मण्डलले यो अवार्डका लागि मतदान गर्छ । २८ अक्टोबरमा पेरिसमा हुने एक समारोहमा विजेताको नाम सार्वजनिक गरिनेछ ।  



बालोन डी’ओरमा पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङ्घम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर र अलेजान्द्रद्य ग्रिमाल्डो रहेका छन् । 

यस्तै, महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । उक्त सूचीमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्सलगायत खेलाडी छन् ।



यस्तै, उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा परेका छन् ।

यस्तै, उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा सूचीमा परेका छन् ।  

  • प्रकाशित मिति : भदौ २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया