logo-img

नेसन्स लिगमा पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी सुरुआत गरेको छ ।

बिहीबार राति भएको युइएफए नेसन्स लिगको  रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएसियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । डालोटले ब्रुनो फर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् ।

खेलको ३४औँ मिनेटमा कप्तान रोनाल्डोले ऐतिहासिक ९००औँ गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे । 

यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस कीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्डसमेत कायम भएको छ ।



खेलको ४१औँ मिनेटमा क्रोएसियाले एक गोल फर्काउने मौका पायो । क्रोएसियाका खेलाडीले एक क्रस दिएपछि पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पुर्‍यायो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो । ​यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्याण्डले स्कटल्याण्डलाई ३–२ गोलले हरायो । 



  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया