logo-img

विश्वकप छनोटमा मेस्सीबिना पनि अर्जेन्टिनाको सानदार जित

फिफा विश्वकप २०२६ को दक्षिण अमिरिकी छनोटमा अर्जेन्टिनाले चिलीविरुद्ध सानदार जित निकालेको छ । विश्वकप छनोटको आफ्नो सातौं खेलमा अर्जेन्टिनाले चिलीविरुद्ध ३–० को जित निकालेको हो । 

कोलोम्बियामा भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक/एक गोल गरे । यस खेलमा अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेस्सीले भने थिएनन् । 

खेलमा ४८औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । यस्तै, अल्भारेजले ८४औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको २–० ले अघि बढाए ।

यस्तै, दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै डिबालाले अर्जेन्टिनालाई ३–० को सानदार जित दिलाए । 

यो जितपछि १० टोली सहभागी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । उसले ७ खेलबाट १८ अंक जोडेको छ ।



यस्तै, अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ४–० गोलले हरायो ।  



  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया