logo-img

श्रीलंका डेभलभमेन्ट-११ विरुद्ध ब्याटिङ गर्दै नेपाल

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा टस हारेर ब्याटिङको मौका पाएको छ । नेपालले तेस्रो एकदिवसीय अभ्यास खेल श्रीलंका डेभलभमेन्ट–११ सँग खेलिरहेको हो । 

आजको खेलमा नेपाली टिमको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । नेपाल र डेभलभमेन्ट–११ बीचको पहिलो र दोस्रो खेल भारी वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएका थिए ।  

नेपाली टिम आइसिसी विश्वकप लिग–२ सिरिजअघि श्रीलंकामा अभ्यास गरिरहेको हो । लिग–२ सिरिज १६ सेप्टेम्बरदेखि क्यानडामा सुरु हुनेछ । 

आजको खेलमा नेपालको टिम : आसिफ सेख,  कुशल भुर्तेल, अनिलकुमार साह, आरिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी (कप्तान), करण केसी, गुलशन झा, ललितनारायण राजवंशी, आकाश चन्द र सागर ढकाल । 





  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया