logo-img

काठमाडौं महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमा

काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६ प्रतिशत) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए ।

४७ प्रतिशतले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशतले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको बताए । 

महानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो । गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा सहभागी ५१७ जनामध्ये १३४ जना अर्थात् २६ प्रतिशत महिला र ३८३ जना पुरुष थिए । 

यसैगरी १०६ जना अर्थात् २१ प्रतिशत काठमाडौं महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका व्यक्तिहरू थिए । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत थिए ।

शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १८६ जना (३६ प्रतिशत) सहभागी भएका थिए । संलग्नताका दृष्टिले सबैभन्दा धेरै विद्यार्थी २२३ जना (४३ प्रतिशत) थिए । सबैभन्दा कम दैनिक ज्यालादारी, मजदुरी गर्ने १३ जना (३ प्रतिशत) थिए । 

सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत) ले मात्र काठमाडौं महानगरपालिकाको वेबसाइट प्रायः हेर्ने कुरा बताए । २६ प्रतिशतले अहिलेसम्म नहेरेको कुरा बताए । ३५९ जना अर्थात् ६९ प्रतिशतले वेबसाइट हेर्नुको मुख्य कारणमा सूचना प्राप्त गर्न भन्ने जवाफ दिएका थिए ।



२९ प्रतिशत सेवाग्राही वेबसाइटबाट आफू अति नै सन्तुष्ट रहेको बताए । २२८ जना (४४ प्रतिशत) ले केही मात्रामा सन्तुष्ट रहेको विचार राखे । ४० जना (८ प्रतिशत) ले असन्तुष्टि व्यक्त गरे । 

सेवा प्राप्त गर्न लागेको समयका विषयमा गरिएको सर्वेक्षणमा ३२१ जना (६२ प्रतिशत) ले  सेवाग्राहीले समयमै काम सकिएको बताए । २९६ (५७ प्रतिशत ) जनाले एक घण्टा भित्रै काम सकिएको बताए ।  



  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया