logo-img

युनुस भन्छन्- ‘हसिना तत्काल शान्त बस्नुपर्छ’

बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ बताएका छन् । उनले बिहीबार भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बङ्गलादेशको नेतृत्व गरेका थिए । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरु भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित ७६ वर्षीया हसिना हेलिकोप्टरमार्फत् भारतको नयाँ दिल्लीमा पुगी शरण लिएका थिए । उनी भारततर्फ गएपछि उनको राजीनामाको घोषणा बङ्गलादेशको सेना प्रमुखले गरेका थिए ।

नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले उनको सुपुर्दगी र हप्तौंको अशान्तिका क्रममा सयौं प्रदर्शनकारी मारिएको भन्दै उनीमाथि मुद्दा चलाउन खोजिरहेको छ । 

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँगको कुराकानीमा ८४ वर्षीय युनुसले भने, ‘यदि भारतले उहाँलाई बङ्गलादेशले फिर्ता नचाहेसम्म राख्न चाहन्छ भने उहाँ त्यहाँ शान्त बस्नुपर्छ ।’ 

गत ५ अगस्तमा सत्ताच्युत भएयता हसिना आफ्नो पूर्व सरकारको सबैभन्दा ठूलो संरक्षक र हितैषी देश भारतमै रहेका छन् । 

सन् १९७५ मा आफ्ना पिता तथा स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या भएको दिन १५ अगस्तमा ढाकामा भेला हुन बङ्गलादेशीहरूलाई आह्वान गर्दै हसिनाले एक सार्वजनिक विज्ञप्ति जारी गरेकी थिइन् । 



हसिनाको टिप्पणीलाई उनको अवामी लिग पार्टीका सदस्यहरूलाई उत्तेजित पार्ने उत्तेजक प्रयासको रूपमा हेरिएको थियो र युनुसले पदभार ग्रहण गरेको पहिलो चरणका दिनमा कानून र व्यवस्थालाई कमजोर बनाएको थियो।

उनको बाल्यकालको घरबाहिर भएको विरोध प्रदर्शनका क्रममा अवामी लिगका सन्दिग्ध समर्थकलाई आन्दोलनकारीले लाठी र रड प्रयोग गरी आक्रमण गरेका थिए ।



युनुसले भारतलाई सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिएको छ वा छैन भन्नेबारे भने केही बताएका थिएनन् । उनको सरकारले हसिनालाई स्वदेश फिर्ता गर्ने माग गरिसकेको छैन । 

हसिनाको सरकारमाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ । आरोपमा हसिनाका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छन् ।  

  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया