कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आ-आफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
२१ औँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्ने बताए ।
सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए ।
निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे । उनले सन्देशमा र कर्मचारीहरू उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।