जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीन वटा कारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रूपमा नेपालतर्फ सामान ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्ल्यु बी ४ एन ६८७८, डब्ल्यु बी ७४ पी ७७९९ र डब्ल्यु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार मूल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।
बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मूल्याङ्कन गरेको छ । कारसहित कपडाको मूल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतीय कार चालक भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउ परेको कारसहित भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।