logo-img

‘सुइना’ उपन्यास लोकार्पण

अभिषेक विष्टद्वारा लिखित ‘सुइना’ नामक उपन्यासको लोकार्पण समारोह सम्पन्न भएको छ। यो विष्टको पहिलो उपन्यास हो। समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री जयन्त चन्दले लेखकलाई बधाई दिँदै ‘सुदूरको सान बन्नुहोस्’ भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिहरूमा मदन पुरस्कार प्राप्त लेखक विवेक ओझा, समीक्षक पवित्रा दाहाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत उपस्थित थिए ।

पुस्तकको समीक्षा गर्दै दाहालले भनिन्, ‘काठमाडौं बाहिरबाट काठमाडौंमा बसोबास गर्ने युवाको संघर्ष बुझायो । युवा पुस्ताको मनोविज्ञान पढायो। खस भाषाप्रति रुचि जगायो।’ सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित यस उपन्यासको लोकार्पण कार्यक्रमको सञ्चालन साहित्यकार सिर्जना शर्माले गरेकी थिइन् ।







  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया