logo-img

लेदोसहितको पहिरोले नौबिसे-नागढुङ्गा सडक दुईतर्फी अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको छ ।

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्ध भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिम लेदोमा फसेको छ ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीको जाम लागेको छ । काठमाडौंबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना-ठूला सबै सवारी सडकमै रोकिएका छन् ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।



निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया