logo-img

नेसन्स लिगमा बेल्जियमविरुद्ध फ्रान्सको सहज जित

युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ । पहिलो जित​ निकाल्नेक्रममा फ्रान्सले आइतबार राति भएको खेलमा बेल्जियमलाई २–० गोल अन्तरले हरायो ।

पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो । बेल्जियमको भने यो पहिलो हार हो । बेल्जिमयले पहिलो खेलमा इजरायललाई पराजित गरेको थियो ।

सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक/एक गोल गरे ।

घरेलु मैदानमा फ्रान्सले २९औँ मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए । 



डेम्बेले ५७औँ मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरे । त्यसपछि थप गोल नभएपछि अन्ततः फ्रान्स २–० को जित निकाल्न सफल भयो । 

यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । खाता खोल्न नसकेको इजरायल भने पुछारमा रहेको छ ।  





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया