logo-img

१२ महिनापछि ओडिआईमा सन्दीप लामिछानेको कमब्याक
फाइल तस्बिर

क्यानडामा हुने आइसिसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।

टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन् । पुनरागमन गर्नेमा पूर्वकप्तान सन्दीप लामिछाने, विकेटकिपर अर्जुन साउद र बायाँहाते तीव्र गतिका बलर रिजन ढकाल रहेका छन् ।

सन्दीपले १२ महिनापछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । उनले यस फरम्याटमा अन्तिमपटक सन् २०२३ को सेप्टेम्बरमा एसिया कपमा भारतविरुद्ध खेलेका थिए । यस्तै, अर्जुन साउदले करिब १४ महिनापछि ओडिआई टोलीमा मौका पाए । उनले पछिल्लोपटक ४ जुलाई २०२३ मा ओडिआई खेलेका थिए । 

यस्तै, रिजन सात महिनापछि एकदिवसीय टिममा फर्किएका छन् । यसअघि १९ सदस्यीय टिमभित्र रहेका सन्दीप जोरा, सागर ढकाल र आकाश चन्दले भने क्यानडा सिरिजका लागि टोलीमा स्थान बनाउन सकेनन् ।



यस्तै, यू–१९ टिमका कप्तान देव खनाललाई मुख्य प्रशिक्षक मोन्टी देसाईले रिजर्भ प्लेयरको रूपमा टिममा राखेको छ ।  नेपालले लिग–२ सिरिजमा १६ र २२ सेप्टेम्बरमा क्यानडा तथा १८ र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने छ । लिग–२ तालिकामा नेपाल हाल सातौं स्थानमा छ । नेपालले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा जित निकालेको छ । 

नेपालले पछिल्लोपटक गत फेब्रुअरीमा ओडिआई खेलेको थियो । यस्तै, क्यानडा भ्रमणमा क्रममा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा घरेलु टिम तथा २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका छ ।  



लिग–२ श्रृंखलाका लागि नेपालको टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, अर्जुन साउँद, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रिजन ढकाल ।

रिजर्भ प्लेयर : देव खनाल ।



  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया