logo-img

कांग्रेसले भन्यो- उपसभामुखले गरेको कामले संसद् र मुलुकको शिर झुकायो, राजीनामा दिनुपर्छ
श्याम घिमिरे | प्रमुख सचेतक, नेपाली कांग्रेस

नेपाली कांग्रेसको पदाधिकारी बैठकले उपसभामुखले आफैंले बुझेर राजीनामा दिनुपर्ने धारणा राखेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद् र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । 

उनले भने, ‘कांग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैँले बुझेर राजीनामा दिनु राम्रो हुन्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको छ । यो चानचुने कुरा  होइन । अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम उपसभामुखले कुनै पनि हालतमा लेखेर कूटनैतिक योगलाई त्यस्तो खालको सिफारिस गर्नै मिल्दैन। यो कामले संसद्लाई नै अपमानित गरेको छ भन्ने हाम्रो भनाई छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर पनि झुकाएको छ भन्ने कांग्रेसको भनाई छ ।’ 

उनले संसद्को उपसभामुख जस्तो पदमा बसेर अनुचित काम गरेर कुरामा दुबिधा नरहेको भन्दै यसबारेमा छलफल भएको बताए । यसबारेमा कसरी जाने भन्ने कुरामा सत्तारुढ दलहरूबिच पनि छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनको भनाई छ । 

साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समितिहरू बनाउने र अन्य पार्टीका आन्तरिक विषयहरूको बारेमा छलफल भएको पनि बताए ।  

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उक्त पत्रलाई फरकधारले पहिलो पटक सार्वजनिक गरेको थियो । 

उपसभामुख रानालाई हटाउने विषयमा अहिले कांग्रेस-एमाले एकमत भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आपत्ति जनाएको छ । 



संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

सम्बन्धित समाचारहरू 



उपसभामुख रानालाई हटाउने तयारी, कांग्रेस-एमालेले ‘होमवर्क’ थाल्दा रास्वपाको आपत्ति

के उपसभामुखले पैसा लिएर पाँच जनालाई अमेरिका लैजान खोजेकी थिइन् ?

उपसभामुख पत्र प्रकरणमा रास्वपाले भन्यो- सञ्चार माध्यमले अतिरञ्जित गरे, आर्थिक लेनदेन भएको देखिँदैन

  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया