logo-img

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई कब्जा गरेर व्यक्तिगत सम्पत्तिजस्तो बनाए : ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैँ कब्जा गरेको आरोप लगाएका छन्।

बुधबार सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुष्पलालले कहिल्यै पार्टी नछोडेको तर माधव नेपालले पार्टी छोडेपछि पनि पुष्पलाल प्रतिष्ठानलाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो बनाएर कब्जा गरेको टिप्पणी गरे। 

पुष्पलाल प्रतिष्ठानको सही संरक्षण र व्यवस्थापन एमालेले गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो। अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए। पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजीजस्तो। पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट ? माधव नेपाल पो कुद्नुभएको त। पुष्पलाल त कुद्नुभएको होइन नि। पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?'

प्रधानमन्त्री ओलीले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने बताए।नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै उनले यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने धारणा राखे। 





  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया