logo-img

मलाइका अरोराका पिता अनिलले सातौँ तलाबाट हामफालेर गरे आत्महत्या

बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले बुधबार आत्महत्या गरेका छन्। उनले मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । 

उनकाे शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुवाको मृत्युको खबर सुनेपछि मलाइका तत्काल पुणेबाट मुम्बई फर्किएकी थिइन्। 

उनकाे आत्महत्याकाे कारण भने खुलेको छैन। प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ।

उनीसँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भएकाे थियाे । तर, केही समयदेखि उनीहरु आयशा मनोरको सातौँ तल्लामा सँगै बस्थे। जोइसका अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे। 



बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन्। तर बाल्कोनीमा उनी थिएनन्। तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुइँमा पछारिएका थिए।





  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया