भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाका ट्रक चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । गत साउन ३१ मा मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरमा भएको दुर्घटनामा स्कुटरचालकको मृत्यु भएको थियो ।
ना.६ख २१७३ नम्बरको ट्रकले किचेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का ६५ वर्षका उत्तम कोइरालाको ज्यान गएको थियो ।
उक्त ट्रक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठले चलाएका थिए । ट्रकले ठक्कर दिँदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालककाे ज्यान गएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।