logo-img

हज यात्रा जानेहरूका लागि विशेष सुविधा दिने सरकारको तयारी

नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरूका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् ।उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका लागि हामीले होटलको व्यवस्था गर्छौं । आउन जान प्लेनको सुविधा दिलाउँछौँ । खानबस्नका सुविधा भइहाल्छ, होटेलदेखि मक्का भन्ने मस्जिदसम्म गाडीको व्यवस्था हुन्छ । डाक्टरको आवश्यकता परे डाक्टर पनि उपलब्ध गर्नेछौँ ।’

साथै नेपाल हज समितिले साउदी अरब सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ । अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ ।

हज समितिले सन् २०२५(हज १४४६)का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ । यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरूप प्रतिव्यक्ति ५० हजार रुपैयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ । 



गृह मन्त्रालय अन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीहरूका लागि बर्सेनि आवेदन माग्ने गरेको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया