logo-img

लागूऔषध कारोबारको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका एक व्यक्तिले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागूऔषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । पक्राउ परेका थापामगरले सोधपुछका क्रममा उक्त औषधि पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।







  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया