logo-img

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा स्थापित गर्न १८ बुँदे वार्षिक कार्ययोजना

नेकपा एमालेले पार्टीलाई र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ ।

शुक्रबार केन्द्रीय सचिवालयको बसेको केन्द्रीय सचिवालयको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र १८ वटा विषय समावेश गराएका छौँ ।’

उनले पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए । उनले भने,‘पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । केही जिल्लामा अधिवेशन गर्न बाँकी छ, जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ । सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ ।’



त्यस्तै, एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया