logo-img

प्रचण्ड भन्छन्- ‘गिरीबन्धुको मुद्दा उठाउँदा सत्ताबाट हट्नुपर्‍यो’

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुको मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझ्दै उनले त्यस्तो बताएका हुन् । 

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ । सो मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टापट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रूपमा गणना गर्नु भन्ने उल्लेख छ । 

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । 

जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा  बढी घरधुरी अन्योलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्योल अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । 



ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड  बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।



  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया