logo-img

पिएसजीको अपराजित यात्रा कायमै, चाैथो खेलमा पुनरागमन जित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ । 

शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो । 

पिएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९औँ मिनेटमा अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याएका थिए । ७३औँ मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो ।

लगत्तै अर्को मिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जित निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो । पिएसजीले ४ खेलबाट १२ अंक जोडेको छ । ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।



फ्रेन्च लिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्ध बनाएको छ । 



  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया