logo-img

माओवादी केन्द्रले संसद् अवरोध कायमै राख्ने, एमाले भन्छ- सभामुखको निर्णय सबैले मान्नै पर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको  छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

उनले भने, ‘माओवादीले जुन विषय उठाइरहेको छ । यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ । त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो । यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ ।’

यता, सरकारका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङ विरुद्धमा गएर माओवादीले संसद् अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथि र निष्ठामाथि नै  प्रश्न उठ्ने दाबी गरे । उनले सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कसले भनेको मान्ने भन्दै प्रश्न गरे । 

‘निर्णय गर्ने अन्तिम अधिकार सम्माननीय सभामुखलाई छ । सभामुखको रुलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादी संसदीय दलले त्यो निर्णयलाई नसच्याएसम्म आन्दोलन गर्ने,हाउस चल्न नदिने जुन कुरा गर्नुभयो यो बेठीक छ । यसले माओवादीको संसदीय प्रणालीमाथि नै उसको निष्ठामाथि नै  प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ । सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कसले भनेको मान्ने ?’,बर्तौलाको भनाइ थियो ।  







  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया